२०८२ मंसिर २२, सोमबार

शिक्षाका लागी राष्ट्रिय अभियान बागमती प्रदेश समितीको नयाँ कार्यसमिती चयन

  • धादिङ आवाज
  • २०८२ मंसिर २२, सोमबार
शिक्षाका लागी राष्ट्रिय अभियान बागमती प्रदेश समितीको नयाँ कार्यसमिती चयन

हेटौडा । शिक्षाका लागी राष्ट्रिय अभियानको बागमती प्रदेश समितीको नयाँ कार्यसमिती चयन गरिएको छ ।

हेटौडामा भएको अभियानको साधारण सभा तथा अधिबेशनबाट मकवानपुरका प्रकाश खतिवडाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिती चयन गरिएको छ ।

समितीको उपाध्यक्षमा दिल बहादुर रम्तेल धादिङ, सचिवमा रामचन्द्र आचार्य चितवन, कोषाध्यक्षमाअनिता नेपाली चितवन चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा कुमारी वाईवा मकवनपुर, बुद्धबिर लामा मकवानपुर, लक्ष्मि थापा दोलखा, भक्त भ्लोन काठमाण्डौ र शोभा आचार्य सिन्धुपाल्चोक चयन हुनुभएको छ ।

कार्यक्रममा समितीका सचिव रामचन्द्र आचार्यले बार्षिक कार्य प्रगती प्रतिवेदन प्रस्तुत गर्नु हुदै बाममती प्रदेशमा सार्वजनीक शिक्षा सुदृढिकरण, अनिवार्य, निशुल्क र गुण स्तरिय शिक्षा अधिकार सुनिश्चितताको लागी गरिएका अभियानहरुको बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो । उहाँले सिमित साधान बाट पनी यति धेरै कार्य गर्न सकिएको बारे बताउनु भएको थियो ।

यसैगरी कोषाध्यक्ष अनिता नेपालीले सस्थाको आय ब्यय प्रस्तुत गर्नु हुदै अधिकासं कार्यक्रमहरु सस्थामा आबद्ध सस्थाले खर्च ब्यहोरेको र खर्च नलाग्ने कार्यक्रम बढिमात्रामा संचालन भएको कारणले सम्पन्न भएको कार्यक्रम संग खर्च मिलान नभएको बारे स्पष्ट पार्नु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य दिदै कुमारी वाईवाले सबै सहभागिलाई स्वागत र कार्यक्रमको औचित्य स्पष्ट पार्नु भएको थियो ।

अध्यक्ष प्रकाश खतिवडाले सस्थाले शिक्षा अधिकार सुनिश्चितताको लागी सामाजिक बिकाश मन्त्रालय, स्थानिय पालिका संग सहकार्य गरेको, प्रदेश शिक्षा क्षेत्र योजना बनाउन सरकार संग सहकार्य गरेको बताउनु भएको थियो ।

खतिवडाले सस्थाको भाबि कार्ययोजना समेत प्रस्तुती गर्नु हुदै शिक्षा संग सामाजिक समाबेशिकरण, शिक्षा संग अपांगता र सबैलाई शिक्षामा पहुच पुराउदै टिकाउने र बिकाउने शिक्षा मा जोड दिने कार्यमा पैरवी गर्ने बताउनुभयो ।

केन्द्रिय कार्यालयको कार्यकारी प्रमुख राम गैरेले समितीलाई बधाई र कार्यकालको सफलताको शुभकामना दिदै उहाले सस्थाको मुल्य र मान्यता अनुरुप सार्बजनीक शिक्षाको सुदृढिकरणमा यो समितीले उल्लेखनिय कार्य गर्ने बिश्वास ब्यक्त गर्नुभयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस