२०८२ मंसिर २२, सोमबार

मतदाता नामावलीको त्रुटि सच्याउन शुक्रवारसम्म निवेदन दिन सकिने

  • धादिङ आवाज
  • २०८२ मंसिर २२, सोमबार
मतदाता नामावलीको त्रुटि सच्याउन शुक्रवारसम्म निवेदन दिन सकिने

काठमाण्डौ । मतदाता नामावलीमा त्रुटि भए सच्याउन आउँदो शुक्रवार मङ्सिर २६ गतेसम्म निवेदन दिन पाईने छ ।निर्वाचन आयोगले सोमबार एक विज्ञप्ति निकालेर त्रुटि सच्याउन अनलाइन प्रणालीबाट निवेदन दिन आग्रह गरेको हो ।

यस्तै आयोगले यदि कसैले झुटा विवरण दिइ नामावलीमा नाम दर्ता गराएको भएमा २६ गतेसम्म नै सूचना एवम् उजुरी दिन अपिलसमेत गरेको छ ।

परिवार वा आफन्त कसैको निधन भएको भएमा मतदाता नामावलीबाट नाम हटाउन पनि २६ गतेसम्म नै निवेदन दिन सकिनेछ।

आयोगले केही मतदानस्थल पुनरावलोकन गरिएकाले आफूले मतदान गर्ने स्थल यकिन गरी आफ्नो वडाभित्र रहेका मतदानस्थलमध्ये आफूलाई पायक पर्ने मतदानस्थल छनोटका लागि पनि अनलाइन वा प्रदेश/जिल्ला निर्वाचन कार्यालयमार्फत निवेदन दिन भनेको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस