२०८२ मंसिर २४, बुधबार

नेपाल प्रिमियर लिग (एनपीएल) मा आजदेखि प्लेअफका खेलहरू सुरु हुँदै

  • धादिङ आवाज
  • २०८२ मंसिर २३, मंगलबार
नेपाल प्रिमियर लिग (एनपीएल) मा आजदेखि प्लेअफका खेलहरू सुरु हुँदै

|????????, ?? ??????? : ?????? ??????? ????? ???????? ????????????? ??????? ????? ??????? ??????? ?????? ?????????? ??????? ??? ?? ??????? ?????? ??????? ??????? ?????? ?????? : ????????? ????/????

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आजदेखि प्लेअफका खेलहरू सुरु हुँदैछन् ।

प्लेअफअन्तर्गत आज पहिलो क्‍वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स खेल्दैछन् । खेल त्रिवि क्रिकेट रंगशालामा अपरान्ह ४ बजेदेखिसुरु हुनेछ ।

लिग चरणमा लगातार ६ खेल जितेर अन्तिम खेलमा पराजित भएको सुदूरपश्चिम अंकतालिकामा १२ अंकका साथ शीर्षस्थानमा रहेको छ भने विराटनगरले ५ खेल जितेर दोस्रो स्थानमा रहेको छ ।

यस खेलको विजेता टोली सिधै फाइनलमा पुग्नेछ भने पराजित हुने टोलीले अर्को एक मौका पाउनेछ ।

एलिमिनेटरमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सको विजेतासँग पराजित हुने टोलीले खेलेर फाइनल प्रवेश गर्ने मौका पाउने छन् ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस