२०८२ मंसिर २५, बिहिबार

नागढुंगा-मलेखु सडक विस्तार २ दिन रोक्ने

  • धादिङ आवाज
  • २०८२ मंसिर २४, बुधबार
नागढुंगा-मलेखु सडक विस्तार २ दिन रोक्ने

काठमाडौं । सरकारले एमाले महाधिवेशन लक्षित गर्दै नागढुंगा-मलेखु सडकखण्ड विस्तार २ दिन रोक्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको सचिवालयका अनुसार मंसिर २६ र २७ गते राजमार्ग पूर्ण सञ्चालन गर्ने निर्णय भएको जनाएको छ ।

यसअघि राष्ट्रिय युवा संघ नेपाल अध्यक्ष क्षीतिज थेबेसहित टोलीले मन्त्री घिसिङलाई भेट्दै राजमार्ग सञ्चालन निरन्तर राख्न आग्रह गरेको थियो ।

सोही बमोजिम २६ र २७ मंसिरमा काठमाडौं प्रवेश गर्ने यो राजमार्ग पूर्णरूपमा सञ्चालन गर्ने निर्णय भएको हो ।

सडक विभागले यो सडक खण्ड आजबाट एक साताका लागि आंशिक बन्द गरी विस्तार थालेको थियो । सडक कालोपत्र गरी स्तरोन्नति गर्ने काम तीव्र बनाउन आयोजनाले १ पुससम्म दैनिक ५ घण्टा बाटो बन्द गर्न थालेको छ ।

नागढुंगादेखि पिप्लामोडसम्म र पोखरे भिर क्षेत्रमा बिहान १०:३० देखि अपराह्न ३:३० सम्म सडक बन्द गरी काम तीव्र बनाइएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस