
धादिङ । नेपाल मानव अधिकार संगठन धादिङको अध्यक्षमा पूनः कृष्णराज अधिकारी चयन हुनुभएको छ ।
अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा नेपाल मानव अधिकार संगठन धादिङले नीलकण्ठ–८ ससाहमा आयोजना गरेको चौथो जिल्ला अधिवेशनले अध्यक्षमा पूनः अधिकारीलाई चयन गरेको हो।
नयाँ कार्यसमितिको उपाध्यक्षमा कृष्ण बद्री पौडेल, सचिवमा ईश्वर थापा मगर, कोषाध्यक्षमा बालकृष्ण नेपाली तथा सदस्यहरूमा बद्री अधिकारी, पदमराज अधिकारी, शुशिला विश्वकर्मा, बिनु सिम्खडा र बिमल तामाङ चयन हुनुभएको छ ।
कार्यक्रममा सहभागीहरूले मानव अधिकारका मुद्दाहरूमा गाउँ–गाउँमा सचेतना अभियान फैलाउन तथा संस्थाको पहुँच बढाउन नयाँ नेतृत्वले सक्रिय भूमिका खेल्ने अपेक्षा व्यक्त गरेका थिए ।
