२०८२ मंसिर २५, बिहिबार

एनपीएलमा आज लुम्बिनी र विराटनगर खेल्दै

  • धादिङ आवाज
  • २०८२ मंसिर २५, बिहिबार
एनपीएलमा आज लुम्बिनी र विराटनगर खेल्दै

|????????, ?? ??????? : ?????? ??????? ????? ???????? ????????????? ??????? ????? ??????? ??????? ?????? ?????????? ??????? ??? ?? ??????? ?????? ??????? ??????? ?????? ?????? : ????????? ????/????

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किंग्स खेल्दैछन्। खेल त्रिवि क्रिकेट रंगशालामा दिउँसो ४ बजे सुरु हुनेछ ।

आजको खेलको विजेताले फाइनलमा सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । यसअघि सुदूरपश्चिम पहिलो क्वालिफायरमा विराटनगरलाई हराउँदै फाइनल पुगिसकेको छ ।

इलिमिनेटर खेलमा हिजो काठमान्डु गोर्खाजलाई ४ विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा पुगेको हो । हारसँगै काठमान्डु प्रतियोगिताबाट बाहिरिएको छ ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो। यसअघि लुम्बिनीले विराटनगरलाई लिग चरणको खेलमा ५ विकेटले हराएको थियो ।

आज विजयी हुने टोली फाइनलमा पुग्ने भएकाले दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण छ ।

यस सिजनको एनपीएलमा लुम्बिनीले ७ खेल खेल्दा ४ मा जित र ३ खेलमा हारेको छ । ७ खेल खेलेको विराटनगरले ५ खेल जितेको छ भने २ खेलमा हार व्यहोरेको छ ।

एनपीएलको फाइनल खेल त्रिवि रंगशालामा पर्सि शनिबार दिउँसो साढे ३ बजे हुनेछ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस