
काठमाण्डौ । काठमाण्डौको नयाँ बसपार्कमा यात्रुको झोला तानेर दुःख–हैरानी दिने ४६ जना पक्राउ गरेको छ ।
गोङ्गबु नयाँ बसपार्कमा यात्रुको झोला तानेर दुःख–हैरानी दिने तथा शङ्कास्पद गतिविधि गर्नेहरूलाई काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पक्राउ गरेको हो ।
देशका विभिन्न भागबाट काठमाण्डौ आएका यात्रुलाई जबरजस्ती झोला तानेर दुःख–हैरानी दिने ट्याक्सी चालक, होटल सञ्चालक र होटलमा कार्यरत कर्मचारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवम् प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।
शुरूको समयमा सम्झाइबुझाइ गरेर छाडेका र यो घटना दोहोरिएको खण्डमा कडा कारबाही प्रक्रिया अगाडि बढाउने एसपी भट्टराईले बताउनुभयो । प्रहरीले यो अभियानलाई निरन्तरता दिने उहाँको भनाइ छ ।
