२०८२ पौष ७, सोमबार

पाँच महिनामा सात खर्ब ६६ अर्बको वस्तु आयात

  • धादिङ आवाज
  • २०८२ पौष ७, सोमबार
पाँच महिनामा सात खर्ब ६६ अर्बको वस्तु आयात

काठमाण्डौ । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा सात खर्ब ६६ अर्ब १८ करोड रुपैयाँको वस्तु आयात भएको छ ।

गत वर्षको साउनदेखि मङ्सिर मसान्तसम्मको तुलनामा यस वर्ष आयात आयात १५ दशमलव ८३ प्रतिशतले बढेको भन्सार विभागले सार्वजनिक गरेको मासिक प्रतिवेदनमा उल्लेख छ ।

यस्तै निर्यात व्यापार ५८ दशमलव १७ प्रतिशतले बढेर एक खर्ब १६ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । पाँच महिनामा ६ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँ व्यापार घाटा रहेको विभागले जनाएको छ ।

नेपालले वस्तु निर्यातभन्दा धेरै आयात गर्ने भएकाले व्यापार घाटा हरेक महिना बढ्दो क्रममा छ । विभागको तथ्याङ्क अनुसार सबैभन्दा धेरै आयात हुने र निर्यात हुने वस्तुको पहिलो सूचीमा भटमासको तेल परेको छ ।

पाँच महिनामा ४६ अर्ब ९७ करोड रुपैयाँ बराबरको भटमासको कच्चा तेल आयात हुँदा ४६ अर्ब ५५ करोड रुपैयाँ बराबरको भटमासको प्रशोधित तेल निर्यात भएको छ ।

यस्तै आयात हुने अन्य मुख्य वस्तुमा डिजेल, पेट्रोल, खाना पकाउने ग्यास, फलामज्नय सामग्री, स्मार्टफोन लगायत छन् । निर्यात हुने अन्य वस्तुमा अलैँची, गलैँचा, सूर्यमुखीको तेल, ब्लिच नगरिएको जुटका कपडा, पाम तेल लगायत छन् ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस