२०८२ पौष १८, शुक्रबार

Crystal Quartz सहित दुई जना पक्राउ

  • धादिङ आवाज
  • २०८२ पौष १८, शुक्रबार
Crystal Quartz सहित दुई जना पक्राउ

धादिङ- धादिङबाट Crystal Quartz (क्रिस्टल क्वार्ट्ज) सहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुवीभ्याली गाउँपालिका वडा नम्बर ४ निवासी २० वर्षीय सन्चा तामाङ र वडा नम्बर ५ निवासी ६६ वर्षीय मेम्बा तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक श्याम कुमार बस्नेतले जानकारी दिनुभयो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले बुधबार सवारी साधन चेकजाँचको क्रममा शंकास्पद व्यक्तिहरुको खानतलासी गर्दा अन्दाजी १७ किलो ७४ ग्राम Crystal Quartz फेला परेको प्रहरीले जनाएको छ।

उक्त पदार्थलाई रितपूर्वक बरामद गरी आवश्यक कारबाहीका लागि खानी तथा भूगर्भ विभाग, लैनचौर, काठमाडौं पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

३ दिन अघि

आज तमु ल्होसार

खोजी गर्नुहोस