२०८२ पौष १९, शनिबार

राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

  • धादिङ आवाज
  • २०८२ पौष १९, शनिबार
राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

काठमाण्डौ । राहदानी पुस्तिकाको आपूर्ति र छपाइसँगै राहदानीको वितरण साविकअनुसार अर्थात् नवयुवा आन्दोलनको अघिको व्यवस्था बमोजिम सम्बन्धित कार्यालयमा पठाइने राहदानी विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी केशवराज पन्थीका अनुसार अब सम्बन्धित जिल्ला र इलाका प्रशासन कार्यालय वा विदेशमा रहेको नेपाली नियोगबाट राहदानीका लागि आवेदन दिने आवेदकको राहदानी समयमै छपाइ गरी पूर्ववत् रूपमा पठाउने व्यवस्था मिलाइएको छ ।

तत्काल राहदानी आवश्यक परि विभागमा आवेदन दिन परेमा आवेदकको मागअनुसार पर्याप्त भेट समय खुला गरिएकाले आवेदन दिँदा आफूले रोजेको समयमा विभागमा उपस्थित भई सेवा प्रवाहमा सघाउनका लागि सम्पूर्ण सेवाग्राहीप्रति विभागले अनुरोध गरेको छ ।

जिल्ला, इलाका प्रशासन कार्यालयबाट कम्तीमा गएको मङ्सिर १५ गतेसम्म आवेदन दिने आवेदकको राहदानी तयार गरी पठाइ सकिएको र त्यसपछि आवेदन दिने आवेदकको यही पुस २५ गतेसम्ममा पठाउने व्यवस्था मिलाइएको विभागले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

४ दिन अघि

आज तमु ल्होसार

खोजी गर्नुहोस