
धादिङ । प्रतिनिधिसभा उम्मेदवार बन्न नेकपा एमाले धादिङका १५ नेताले निवेदन दर्ता गराएका छन् ।
निर्वाचन क्षेत्रीय समन्वय कमिटीहरूको बैठकमा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बन्न इच्छुक १५ जना नेताहरूले औपचारिक रूपमा निवेदन दर्ता गराएका हुन्।
निर्वाचन क्षेत्र नम्बर १ को समन्वय कमिटी बैठकमा भुमि त्रिपाठी, कमला शर्मा, मिनराज कँडेल, दिपक खतिवडा, जगन्नाथ नेपाल, गजेन्द्र थपलिया र कपिल अधिकारीले प्रतिनिधिसभा उम्मेदवारका लागि निवेदन दर्ता गराएका छन्।
त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ को समन्वय कमिटी बैठकमा प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि डा.खेम लोहनी, अर्जुनकुमार श्रेष्ठ, डा.रामकुमार अधिकारी, चन्द्र रिजाल, उमेश थापा, कृष्णकुमारी थापा, शम्भु थापा र धनबहादुर घलेले निवेदन पेश गरेका छन्।
पार्टीको विधान तथा निर्णयअनुसार निर्वाचन क्षेत्रीय समन्वय कमिटीहरूले उम्मेदवारीका लागि निवेदन दिएका नेताहरूको नामावली जिल्ला कमिटीमा पठाउने र जिल्ला कमिटीले आवश्यक छलफल, मूल्यांकन र सिफारिसपछि ती नामहरूलाई केन्द्रीय कमिटीमा पठाउने प्रक्रिया अघि बढाईने बताइएको छ।
आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठन सुदृढीकरण तथा उम्मेदवार छनोट प्रक्रिया तीव्र पारिएको नेकपा एमाले धादिङले जनाएको छ।
