२०८२ पौष २०, आईतबार

एनभीए भलिबलको उपाधी पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फ न्यु डायमन्डलाई

  • धादिङ आवाज
  • २०८२ पौष १९, शनिबार
एनभीए भलिबलको उपाधी पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फ न्यु डायमन्डलाई

काठमाण्डौ । नवौं एनभीए पुरुष तथा महिला भलिबल च्याम्पियनशिपको पुरुषतर्फको उपाधि हेल्प नेपाल स्पोर्टस क्लबले जितेको छ ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुषतर्फको फाइनल खेलमा हेल्प नेपालले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराएर उपाधि जितेको हो । हेल्प नेपालले लगातार तेश्रो पटक उपाधि जितेको छ ।

हेल्प नेपालले पहिलो सेट २५–२२, दोश्रो सेट २५–२१ र तेश्रो सेट २५–२१ ले जित्यो । उपाधि जितेको हेल्प नेपालले ५ लाख रुपैयाँ पाएको छ भने उपविजेता बनेको आर्मीले २ लाख ५० हजार रुपैयाँ पायो ।

आजै भएको महिलातर्फको फाइनल खेलमा न्यु डायमन्ड भलिबल क्लबले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको छ । यस्तै पुरुषतर्फ नेपाल पुलिस क्लब र महिलातर्फ एपीएफ तेश्रो भएका छन् ।

गएको पुस ११ गतेदेखि सञ्चालनमा रहेको नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ १२ र महिलातर्फ ८ टोलीको सहभागिता थियो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस