२०८२ पौष २३, बुधबार

एमाले धादिङको ईन्चार्जमा त्रिपाठी,आचार्यलाई प्रदेश कमिटी उपसचिवको जिम्मेवारी

  • धादिङ आवाज
  • २०८२ पौष २२, मंगलबार
एमाले धादिङको ईन्चार्जमा त्रिपाठी,आचार्यलाई प्रदेश कमिटी उपसचिवको जिम्मेवारी

धादिङ। नेकपा एमालेले एमाले धादिङको जिल्ला ईन्चार्जमा भुमि त्रिपाठीलाई जिम्मेवारी तोकेको छ । आज बसेको सचिवालय बैठकले संशोधित विधानअनुसार रिक्त रहेका पदमा जिम्मेवारी तोकेको हो ।

भुमी त्रिपाठी नेकपा एमालेको गएको ११ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो।

यसअघि एमाले धादिङको जिल्ला ईन्चार्ज खेम लोहनी हुनुहुन्थ्यो । लोहनी पनि ११ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ।

आज बसेको बैठकले बागमती, राजधानी र सम्पर्क विशेष संगठन कमिटीमा जिम्मेवारी बाँडफाँड गरेको छ । जस्मा वागमती प्रदेश कमिटीमा सचिवमा बालकृष्ण देउजा र उपसचिव रमेश आचार्यलाई तोकिएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस