२०८२ पौष २५, शुक्रबार

रास्वपाद्धारा सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणाको प्रचारप्रसार गर्न रोक

  • धादिङ आवाज
  • २०८२ पौष २५, शुक्रबार
रास्वपाद्धारा सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणाको प्रचारप्रसार गर्न रोक

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि उम्मेदवार बन्न इच्छुकहरूलाई सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा तथा प्रचारप्रसार गर्न रोक लगाएको छ ।

बिहिबार रास्वपाको उम्मेदवार छनोट सिफारिस उपसमितिले आचारसंहिता पालनासम्बन्धी सूचना निकाल्दै यसअघि सामाजिक सञ्जालमा राखिएका प्रचारप्रसारका सामग्रीसमेत हटाउन निर्देशन दिएको हो ।

पार्टीले प्राइमरी चुनावमा सहभागी हुन चाहनेका हकमा भने प्राइमरी निर्वाचनसम्बन्धी सूचना प्रकाशित भएपछि मात्र पार्टीको निर्वाचन आचारसंहिता अनुरूप भद्र, मर्यादित र सीमित तरिकाबाट प्रचारप्रसार गर्न सकिने जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस