
काठमाडौं । चालु आर्थिक वर्षको मंसिर महिनामा करिब २ खर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।
गत मंसिरमा १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ बराबर रेमिट्यान्स आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो कात्तिकको तुलनामा ५० अर्बले धेरै हो ।
कात्तिकमा १ खर्ब ३३ अर्ब बराबर रेमिट्यान्स आएको बैंकले जनाएको छ । चालु आव २०८२/८३ को पाँच महिना अर्थात् मंसिरसम्म रेमिट्यान्स आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ७० अर्ब ३१ करोड पुगेको छ ।
गत आव सोही अवधिमा ४.७ प्रतिशतले बढेको थियो ।
