काठमाडौं । धादिङको गजुरी गाउँपालिकाका प्रशेष पाण्डेले सांगीतिक रियालिटी टिभी शो ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजनको उपाधि जितेका छन् ।
शुक्रबार राती भएको ग्राण्ड फिनालेमा टीम खेम सेन्चुरीको समूहबाट पाण्डेले छैटौं सिजनको उपाधि जितेका हुन् ।
विजेता भएसँगै पाण्डेले भ्वाइसबाट २० लाख नगद प्राप्त गरे भने अन्य दुई प्रायोजकबाट १/१ लाख रुपैयाँ प्राप्त गरे ।
यस्तैसिजनमाकोच मेलिना राईको समूहबाट खोटाङका रोशन राई फस्ट रनरअप घोषित भए ।
कोच राजु लामाको समूहका इलामका प्रमेश राई सेकेन्ड रनरअप घोषित भए ।
कोच उदय सोताङको समूहबाट प्रतिस्पर्धी गरेकी सिक्किमकी अर्पणा आचार्य थर्ड रनरअप घोषित भइन् ।