धादिङबेशी । बेनिघाट रोराङ गाउँपालिकाका शिक्षकहरुका लागि लैङ्गिक सम्पर्क,लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण र निर्देशिका तयारी सम्बन्धी २ दिने कार्यशाला सञ्चालन गरिएको छ ।
चाइल्ड फण्ड जापान र प्रयास नेपाल धादिङको साझेदारी र बेनिघाट रोराङ गाउँपालिकाको समन्वयमा सञ्चालित शिक्षामा पहुँच सुनिश्चितता परियोजना अन्तर्गत सञ्चालन भएको तालिममा बेनिघाटरोराङ गाउँपालिका वडा नं ६, ८ र १० का १३ वटा विद्यालयका लैङ्गिक सम्पर्क शिक्षक र प्रयास नेपालका कर्मचारी तथा सदस्यहरु सहभागी थिए ।
आईतबार र सोमबार भएको तालिममा लिङ्ग र लैङ्गिकता, लैङ्गिक समानता, समता , विविधता तथा सामाजिक समावेशिकरणको अवधारणा,कानुनी तथा नितिगत व्यबस्था, विद्यालयमा लै स सा सलाई कसरी मुल प्रवाहिकरण गर्ने, लैङिक हिंसा, कानुनी उपचार सम्बन्धि सैद्धान्तिक तथा व्यवहारिक साझा बुझाइ, कार्ययोजना निर्माण गरि नेपालको संविधानको परिधिभित्र रहि बेनिघाट रोराङ गाउपालिकाको लैङ्गिक समानता नीति २०७७ र पालिकाको लैससास रणनीति २०७९ संग नबाझिने गरि विद्यालयमा लैगिंक हिंसा न्युनिकरण तथा मुलप्रवाहिकरणका के के संयन्त्रहरु हुन्छन् र यसको प्रभावकारी कार्यान्वयन कसरी र विद्यालयमा लैससास कार्यविधि तथा मार्गदर्शनको प्रस्तावित संरचना सम्बन्धी छलफलका विषयमा कर्ण बहादुर नेपालीले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रम समापनमा प्रयास नेपालका वरिष्ठ सदस्य रेस्टन कडेल, कार्यकारी निर्देशक दामोदर अर्याल, अनुगमन समितिका संयोजक कपिलदेव सापकोटा, प्रयास नेपालका सदस्यहरू, कर्मचारीहरु, चाइल्ड फण्ड जापनका एरिया म्यानेजर कविराम बाठा मगर, स्पोन्सर शिप संयोजक श्रीकान्त लुइँटेलले शुभकामना व्यक्त गर्नुभएको प्रयास नेपाल धादिङका रुपा कट्टेलले जानकारी दिनुभयो ।
तालिममा सहभागीहरुले दुइ दिन सम्म सन्चालन भएको कार्यशाला बाट तयार भएको कार्ययोजना आफू मातहतका विद्यालयमा कार्यान्वयनमा ल्याउने र लैङ्गिकता सम्बन्धी सवालहरुलाई समाधान गर्न सहयोग पुग्ने र त्यसलाइ पूरा गर्ने प्रतिवद्वता गर्नु भएको परियोजना प्रबन्धक सन्तोष सत्यालले जानकारी दिनुभयो।