२०८३ जेष्ठ २१, बिहिबार

१५ गतेदेखि हुने धादिङ महोत्सवको उद्घाटन ढकालले गर्ने

  • धादिङ आवाज
  • २०८२ माघ ९, शुक्रबार
१५ गतेदेखि हुने धादिङ महोत्सवको उद्घाटन ढकालले गर्ने

धादिङ । दशौँ धादिङ महोत्सव–२०८२ यही माघ १५ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने भएको छ।

धादिङ उद्योग वाणिज्य संघको आयोजनामा “धादिङको दीगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन, जलस्रोत तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ नीलकण्ठ नगरपालिका–३, धादिङबेसीस्थित खुल्लामञ्चमा सुरु हुने महोत्सवको औपचारिक उद्घाटन माघ १५ गते बिहान ११ बजे हुने संघका अध्यक्ष रामकुमार डल्लाकोटीले जानकारी दिनुभयो ।

धादिङ जिल्लाको दीगो विकास र आर्थिक समृद्धिलाई लक्ष्य गर्दै आयोजना गर्न लागिएको महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्घाटन गर्ने डल्लाकोटीले बताउनुभयो ।

यस महोत्सवले जिल्लाको कृषि उत्पादन, स्थानीय उद्योग, पर्यटन सम्भावना तथा जलस्रोतको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

साथै स्थानीय उद्यमीहरूका उत्पादनलाई बजारसँग जोड्ने, रोजगारी सिर्जना गर्ने र आर्थिक गतिविधि बढाउने उद्देश्य पनि महोत्सवको मुख्य लक्ष्य रहेको छ।

महोत्सव सफल बनाउन सबै सरोकारवाला निकाय, व्यवसायी, किसान, युवाहरू तथा आम नागरिकलाई सक्रिय सहभागिताका लागि संघका अध्यक्ष डल्लाकोटीले अनुरोध गर्नुभएको छ ।

महोत्सव अवधिभर विविध सांस्कृतिक कार्यक्रम, औद्योगिक तथा कृषि प्रदर्शनी, व्यापारिक स्टल, स्थानीय परिकार तथा मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरिने आयोजकले जनाएको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस