२०८२ भाद्र ४, बुधबार

प्रम ओेलीद्वारा सापकाेटा परिवारमा समवेदना व्यक्त

  • धादिङ आवाज
  • २०८२ भाद्र २, सोमबार
प्रम ओेलीद्वारा सापकाेटा परिवारमा समवेदना व्यक्त

काभ्रे । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलीले हरिप्रसाद सापकाेटाकाे मृत्युु भएकाेमा श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गर्नुभएकाे छ ।

प्रम ओलीले सापकाेटा परिवारमा परेकाे शाेककाे घडीमा दुख व्यक्त गर्न टेलिफोन गरेर छाेरीहरुले गरेकाे साहस र सामाजिक चेतना तथा परिवर्तनकाे कामकाे प्रशंसा गर्नुभएकाे छ ।

नेकपा एमाले धादिङका सचिव राधिका सापकोटाकाे नम्बरमा फाेन गरेर बाबुकाे काजक्रियामा बस्नुभएका बनेपा नगरपालिका उपप्रमुख बिमला सापकाेटा, बाैद्धिक परिषद काभ्रेका काेषाध्यक्ष निर्मला सापकाेटा र नेकपा एमाले धादिङका सचिव राधिका सापकोटाले गर्नुभएकाे समाज परिवर्तन सचेतनाकाे प्रशंसा गर्नुभएकाे छ ।

वि.सं. १९९३ असोज ३ गते जन्मनु भएका हरि प्रसाद सापकोटा काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नम्बर १ (तत्कालिन रयाले गाविस) का अगुवा तथा सेल्टरदाताको रुपमा अविचलित रहनुभएको थियो ।

२०५३ सालमा श्रीमतिको मृत्युभएपछि गाउँबासीले हरि प्रसादलाई छोरा नभएको भनेर गरेको हेलाँ दुरव्यवहार विरुद्ध छोरीहरुलाई समाज परिवर्तनको अभियानमा लगाएर आमा र बाबु दुबैको कर्तव्य निभाउँदै आउनुभएको थियो ।

हरिप्रसाद सापकोटाको ०८२ साउन २५ गते निधन भएको थियो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस