२०८२ भाद्र १०, मंगलबार

तिज विशेष लोकगीत प्रतियोगितामा चन्द्रोदय मावि प्रथम

  • धादिङ आवाज
  • २०८२ भाद्र ७, शनिबार
तिज विशेष लोकगीत प्रतियोगितामा चन्द्रोदय मावि प्रथम

धादिङ । बेनीघाट रोराङ गाउँपालिकामा बिद्यालय स्तरीय तिज विशेष मौलिक लोकगीत प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार गाउँपालिका प्राङगणमा भएको (कक्षा ९–१०) स्तरीय प्रतियोगितामा चन्द्रोदय मावि विशालटार प्रथम, शंखादेवी मावि मझिमटार द्वितीय, वागेश्वरी मावि रिचोकटार तृतीय र कालिका मावि विधाङ सान्त्वना भएको गाउँपालिकाका सुचना अधिकारी परशुराम घिमिरेले जानकारी दिनुभयो ।

विजयी विद्यालयहरूले क्रमशः नगद १५ हजार, १० हजार, ७ हजार ५ सय र ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा १२ विद्यालय सहभागी भएको सुचना अधिकारी घिमिरेले बताउनुभयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस