२०८२ भाद्र १०, मंगलबार

तीज गीत प्रतियोगितामा चिसापानी आमा समूह प्रथम

  • धादिङ आवाज
  • २०८२ भाद्र ७, शनिबार
तीज गीत प्रतियोगितामा चिसापानी आमा समूह प्रथम

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिकास्थित सल्यान्टारमा सम्पन्न गाउँपालिका स्तरीय तीज गीत प्रतियोगितामा वडा नं. ५ को चिसापानी आमा समूह प्रथम भएको छ ।

नेपाली महिलाहरूको महान चाड हरितालिका तीजको अवसरमा शुक्रबार सम्पन्न भएको प्रतियोगितामा वडा नं १ को चण्डेश्वरी लगनशील कृषि समूह द्वित्तिय र वडा नं ७ को सिउरेनी आमा समूह तृतिय भएको छ ।

प्रतियोगितामा प्रथम, द्वित्तिय र तृतिय भएको समूहले क्रमश नगद २५ हजार, २० हजार र १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

अन्य सहभागी टिमहरुलाई ३/३ हजार रुपैयाँसहित प्रमाणपत्र वितरण गरिएको थियो । प्रतियोगितामा कुल २४ वटा समूहले सहभागिता जनाएका थिए ।

यस्ता कार्यक्रमले संस्कृति संरक्षणसँगै महिला सशक्तिकरणमा ठूलो योगदान गर्ने गाउँपालिका अध्यक्ष राजु उप्रेतीले बताउनुभयो।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस