२०८२ भाद्र १०, मंगलबार

१७ खर्ब २३ अर्ब भन्दा धेरै रेमिट्यान्स भित्रियो

  • धादिङ आवाज
  • २०८२ भाद्र ८, आईतबार
१७ खर्ब २३ अर्ब भन्दा धेरै रेमिट्यान्स भित्रियो

काठमाण्डौ । नेपालमा एक वर्षको अवधीमा १७ खर्ब २३ अर्ब भन्दा धेरै रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

गत आर्थिक वर्ष २०८१/८२ मा १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले आज सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

बैंकका अनुसार रेमिट्यान्स अघिल्लो आर्थिक वर्षको तुलनामा १९ दशमलव २ प्रतिशतले बढेको हो ।

गएको असार महिनामा मात्रै १ खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो एक महिनामा भित्रिएको अहिलेसम्मकै धेरै रेमिट्यान्स हो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस