२०८२ भाद्र २३, सोमबार

विपीको सालिक अनावरण

  • धादिङ आवाज
  • २०८२ भाद्र २३, सोमबार
विपीको सालिक अनावरण

धादिङ । सदरमुकाम धादिङबेसी स्थित क्याम्पस चोकमा विपीको शालिक अनावरण गरिएको छ ।

विपी स्मृति दिवसको अवसर पारेर सोमबार पूर्व उपप्रधान मन्त्री एवम् नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले विश्वेश्वरप्रसाद कोइरालाको पूर्णकदको सालिक अनावरण गर्नुभएको हो ।

शालिक अनावरण गर्दै उपसभापति खड्काले कांग्रेसका संस्थापक नेता विपी कोइरालाले देखाउनु भएका बाटो समाएर देशको विकास गर्नुपर्ने बताउनुभयो ।

देशको आर्थिक उन्नती र उन्नयनका लागि नयाँ संकल्प लिनु पर्ने भन्दै उहाँले विगतमा गरेका कमी कमजोरीलाई सुधार गरेर देशको विकासमा एक जुट हुनपर्ने बताउनुभयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस