काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुभएको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष गृहमन्त्री लेखकले राजीनामा बुझाउनुभएको हो ।
सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको र उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिनुभएको हो ।
सो प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् ।