२०८२ आश्विन ३, शुक्रबार

आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदै

  • धादिङ आवाज
  • २०८२ आश्विन ३, शुक्रबार
आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदै

काठमाण्डौ । आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ ।

संविधानसभाबाट नेपालको संविधान, २०७२ साल असोज ३ गते आजकै दिन घोषणा भएको थियो । २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा.रामवरण यादवले संविधान जारी भएको घोषणा गर्नुभएको थियो ।

वर्तमान संविधान घोषणाको एक दशक पुरा भएको छ ।

संविधान दिवस–२०८२ लाई आज विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ । सरकारले देशको परिवर्तीत राजनीतिक उपलब्धिको संरक्षण गर्ने मूल कानुन ‘संविधान’ जारी भएको दिनलाई देशव्यापी रुपमा मनाउन आह्वान गरेको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस