२०८२ आश्विन २४, शुक्रबार

बालेन शाह र सुदन गुरुङविरुद्ध अखिलको जाहेरी

  • धादिङ आवाज
  • २०८२ आश्विन २२, बुधबार
बालेन शाह र सुदन गुरुङविरुद्ध अखिलको जाहेरी

धादिङ । काठमाण्डौं महानगरका मेयर बालेन्द्र (बालेन) शाह र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध धादिङमा पनि प्रहरीमा जाहेरी दिएको छ ।

नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले बुधबार जिल्ला प्रहरी कार्यालय धादिङमा जाहेरी दिएका हुन्।

अनेरास्ववियु धादिङका संयोजक सविन नेपालको नेतृत्वमा गएको विद्यार्थी टोलीले भदौ २३ र २४ गते जेन जीले गरेको प्रदर्शनका क्रममा हिंसा भड्काउने, तोडफोड, आगजनी र प्रहरी हत्या जस्ता घटनामा संलग्न भएको आरोपमा शाह र गुरुङलाई कारबाहीको माग गर्दै जाहेरी दिएका हुन् ।

भदौ २३ र २४ गते जेन जीले गरेको प्रदर्शन दबाउन भूमिका खेलेको भन्दै तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी कारबाही गर्न जेन जीहरूले सरकारलाई दबाब दिइरहेका छन् ।

पार्टी अध्यक्ष ओलीलाई पक्राउ गर्न जेनजीहरूले दबाब बढाएसँगै नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले जेन जी अगुवा गुरुङ र काठमाण्डौं महानगर प्रमुख साह विरुद्ध देशैभर उजुरी दिनका छन् ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस