२०८२ कार्तिक १, शनिबार

भाइटीकाको दिनबाहेक अन्य दिन पनि बैङ्किङ सेवा दिन आग्रह

  • धादिङ आवाज
  • २०८२ कार्तिक १, शनिबार
भाइटीकाको दिनबाहेक अन्य दिन पनि बैङ्किङ सेवा दिन आग्रह

काठमाण्डौ । बैङ्क तथा वित्तीय संस्थालाई भाइटीकाको दिनबाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैङ्कले आग्रह गरेको छ ।

केन्द्रीय बैङ्कले क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थालाई पत्राचार गर्दै व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सञ्चालनमा राख्नका लागि बैंकिङ प्रणाली सञ्चालनमा राख्न आग्रह गरेको हो ।

त्यसैगरी राष्ट्र बैङ्कले आज शनिवारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

८ घण्टा अघि

तिहार आजदेखि शुरु

खोजी गर्नुहोस