धादिङ- नेकपा एमाले लेखा आयोगका अध्यक्ष डा.पुष्पराज कँडेलले अहिलेको सरकार असंबैधानिक भएकोले यसले गर्ने सबै काम असंबैधानिक हुने बताउनुभएको छ ।
नेकपा एमाले धादिङको २ नम्बर क्षेत्रीय समन्वय कमिटिको आयोजनामा धादिङबेसीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै लेखा आयोग अध्यक्ष डा.कँडेलले क्रान्तिबाट प्राप्त गरेको उपलब्धी निमिट्यान्न पार्न पूँजिवादले पक्षपोषण गरेको आन्दोलनले सम्सद, संबिधान र सरकारको अन्त्य गर्न लागेका कारण प्रतिक्रान्ति र प्रतिगमन भएको उल्लेख गर्नुभयो ।
गत भदौ २३ र २४ गतेको जेन्जीको नाममा गरिएको आन्दोलन प्रतिक्रान्ति र प्रतिगमन भएको भन्दै कँडेलले अहिलेको सरकारलाई बुख्याचा को संख्ज्ञा दिनुभयो ।
नेकपा एमालेको हालै सम्पन्न केन्द्रीय कमिटि बैठकको निर्णयको हवाला दिँदै नेकपा एमाले सम्सद पुनः स्थापनाको पक्षमा रहेको र यसकै लागि आन्दोलित हुने बताउँदै शुशिला कार्कीले यसअघि यसरी सम्सद विघटन गर्नु असंबैधानिक भनेर सर्बोच्च अदालतबाट फैसला गर्नुभएको तथ्या उल्लेख गर्नुभयो ।
यो सरकारले गठन गरेको छानविन आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले पहिल्यै निश्कर्ष निकाल्ने काम गरेको भन्दै यसलाई अमान्य भन्दै एमाले बैठकले सर्बोच्च अदालतका न्यायधिसको अध्यक्षतामा गठन हुने छानविन आयोग मात्र मान्य हुने एमाले बैठकले निर्णय गरेको कँडेलले बताउनुभयो ।
एमाले बैठकले भ्रष्टाचारमा छानविन गर्न सरकारलाई खुला चुनौति दिएको बताउँदै एमाले सरकारका पालामा भएका राम्रा कामको प्रचार गर्न र नेतृत्वको संरक्षण गर्न एमाले कार्यकर्तालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य खेम लोहनीले एमाले राष्ट्रियताको पक्षमा काम गरेको, विकास र समृद्धिका लागि काम गरेका कारण विदेशी षडयन्त्रबाट देश जलाएर केपि ओली विरुद्ध लागेको बताउँदै देश र जनताको पक्षमा काम गर्न एमालेले मात्र सक्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले भदौ २३ गते २ बजेपछि जेन्जीको आन्दोलन अपहरण भएपछि देश जलाएको र विदेशीको इशारामा जेन्जी नामबाट अपराध बढेकोले समयमै यसको विरद्ध एमाले कार्यकर्ताहरु लाग्नुपर्ने बताउनुभयो ।
एमाले धादिङ २ नम्बर क्षेत्रिय समन्वय कमिटि संयोजक भक्त बहादुर लामीछाने र सहसंयोजक यज्ञश्वर अर्यालको अध्यक्षता भएको कार्यक्रममाबागमति प्रदश कमिटि सदस्य धनबहादुर घले, उमेश थापा, कृष्ण लामा, नेकपा एमाले जिल्ला उपाध्यक्ष अर्जुन श्रेष्ठ, सचिव राधिका सापकोटा लगायतले शुभकामना दिँदै देशलाई माया गर्नेहरु एमाले संगठित हुनुपर्ने र अपराधिकरण र असंबैधानिक कदमको विरुद्ध एकतावद्ध भएर लड्नुपर्ने बताउनुभयो ।