काठमाडौं । यमपञ्चक अर्थात् तिहारको मुख्य दिन आज भाइटीका, दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।
नेपालसहित नेपाली र नेपाली भाषी रहेका विश्वका अन्य देशमा पनि भाइटीका मनाइँदै छ ।
अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले विश्वका विभिन्न देशका लागि भाइटीकाको उत्तम साइत निर्धारण गरेको छ नेपालमा आज बिहान ११ बजेर ३९ मिनेटमा निर्धारण गरिएको छ ।
हेर्नुहोस् विश्वका विभिन्न देशमा लगाइने भाइटीकाको उत्तम साइत