
नीलकण्ठ नगरपालिका–८ ससाह देउरालीस्थित शिव मन्दिरमा आज विशेष जात्रा लाग्ने भएको छ ।
हिन्दु धर्मावलम्बीबीच गहिरो आस्था राखी मनाइने धार्मिक परम्पराको जगेर्नाका लागि यस वर्षदेखि मंसिर कृष्ण त्रयोदशीका दिन विशेष रूपमा साँझ पूजा–आजाको परम्परा सुरु गरिएको हो ।
सामान्य विधिबाट पूजा हुँदै आएको यस शिव मन्दिरमा यस वर्षदेखि व्यवस्थित र विशेष पूजा विधि थालिएको शिवालय धार्मिक विकास संस्थाका अध्यक्ष केशव कोइरालाले जानकारी दिनुभयो।
उहाँका अनुसार आज मंसिर २ गते साँझ सामूहिक रुपमा फूलको डोली भित्र्याइने, रातभर पूजा–पाठ गरिने तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिनेछ।
स्थानीय बासिन्दाले हरेक वर्ष जात्रालाई अझ व्यवस्थित र आकर्षक बनाउन निरन्तर पहल गर्दै आइरहेको उल्लेख गर्दै अध्यक्ष कोइरालाले यस पहलले नेपालभर प्रचलित धार्मिक विश्वास, परम्परा र सामुदायिक संस्कृति जगेर्नामा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
