२०८२ मंसिर ११, बिहिबार

प्रतिनिधि छनौटका लागि ९३ जनाको उम्मेदवारी

  • धादिङ आवाज
  • २०८२ मंसिर ११, बिहिबार
प्रतिनिधि छनौटका लागि ९३ जनाको उम्मेदवारी

धादिङ । नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनको लागि प्रतिनिधि चयनको प्रकृया भईरहेको छ । धादिङमा बिहिबार प्रतिनिधि छनौटका लागि उम्मेदवारी दर्ता भएको छ ।

जसमा धादिङ क्षेत्र नम्बर १ मा ३ जना महिलाका लागि १० जना, १ जना युवाको लागि १३ जना र ६ जना खुल्लाको लागि २४ जनाको उम्मेदवारी परेको नेकपा एमाले जिल्ला उपसचिव उर्मिला रेग्मीले जानकारी दिनुभयो ।

धादिङ क्षेत्र नम्बर १ को गल्छी गाउँपालिका कमिटी कार्यालयमा उम्मेदवारी दर्ता भएको थियो ।

यसैगरी धादिङ क्षेत्र नम्बर २ को उम्मेदवारी दर्ता जिल्ला पार्टी कार्यालयमा भएको छ । जसअन्तरगत ४ जना खुल्लाका लागि २३ जना, २ जना महिलाका लागि ८ जना र १ जना युवाका लागि १२ जनाले उम्मेदवारी दिएको एमाले धादिङले जनाएको छ ।

जिल्लाभरबाट १ जना दलितका लागि ३ जनाको उम्मेदवारी परेको नेकपा एमाले जिल्ला सदस्य गिता खनालले बताउनुभयो ।

धादिङबाट कुल १८ जना प्रतिनिधि छनौट गर्न ९३ जनाको उम्मेदवारी परेको छ ।

एमाले महाधिवेशन प्रतिनिधि अन्तिम टुंगो शनिबारसम्म लगाउने र पार्टी सदस्यले मतदान वा आपसी सहमतिबाट छनौट गरिने जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस