
पर्सा । वीरगंज महानगरपालिका-१५ प्रतिमा चोकबाट ६० हजार ५ सय ३० ट्याब्लेट नियन्त्रित लागूऔषध ट्रामाडोल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धादिङको बेनीघाट रोराङ गाउँपालिका-६ बस्ने १९ वर्षीय रामहरी मगर र सिद्धलेक गाउँपालिका-७ बस्ने १९ वर्षीय राजकुमार मगराती रहेको प्रहरीले जनाएको छ।
मंगलबार साँझ वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले बा-प्र-०८-००१ ज ०११७ नम्बरको इभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
