२०८२ मंसिर २७, शनिबार

आजदेखि एमालेको ११ औँ महाधिवेशन

  • धादिङ आवाज
  • २०८२ मंसिर २७, शनिबार
आजदेखि एमालेको ११ औँ महाधिवेशन

काठमाण्डौ । आजदेखि नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन शुरू हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुर सल्लाघारीको खुला चौरमा गर्ने तयारी छ ।

महाधिवेशनको सबै तयारी पूरा भएको र उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख सहभागी हुने एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

उद्घाटन समारोहमा नेपालको एकताको प्रतीकका रूपमा दुई सय भन्दा बढी कला, संस्कृति झल्काउने झाँकी प्रदर्शन गरिने तयारी गरिएको छ ।

महाधिवेशन उद्घाटनसत्रमा सहभागी विभिन्न जिल्लाबाट आउने गाडीका लागि कोटेश्वरबाट गट्ठाघरसम्म गाडीमा आउन सकिने र गठ्ठाघरमा रहेको नागरिक उडड्यन प्राधिकरणको खाली चौरमा तथा काभ्रे हुँदै आउने गाडीका लागि जगातीको भाइरल प्लानिङमा पार्किङको व्यवस्था गरिएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस