२०८२ पौष २७, आईतबार

ऐलानी जग्गाका विषयमा झडप हुँदा १२ जना घाइते

  • धादिङ आवाज
  • २०८२ पौष २७, आईतबार
ऐलानी जग्गाका विषयमा झडप हुँदा १२ जना घाइते

ऐलानी जग्गाका विषयमा झडप हुँदा जनकपुरमा १२ जना घाइते भएका छन् ।

मिथिला नगरपालिका–२ मा रहेको सतलोक आश्रमले ऐलानी जग्गा हडपेको भन्दै खाली गराउन गएका स्थानीय र त्यहाँका प्रतिनिधिबीच झडप हुँदा १२ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख रुगमबहादुर कुँवरका अनुसार झडपमा घाइते भएका सबैको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ।

अवस्था असहज हुन नदिन ६ सेल अश्रुग्यास समेत प्रहार गरिएको थियो । यसैबीच दुई पक्षबीच भएको झडपका कारण अवरुद्ध बनेको ढल्केवर–जनकपुर सडकखण्ड प्रहरीले खुलाएको छ ।

प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमको नेतृत्वमा खटिएको टोलीले जग्गा तथा आश्रमको वास्तविकताबारे अध्ययन गरिरहेको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

२३ घण्टा अघि

खेल सप्ताह सुरु

खोजी गर्नुहोस