२०८२ पौष २७, आईतबार

कांग्रेस विशेष महाधिवेशन आजदेखि सुरु हुँदै

  • धादिङ आवाज
  • २०८२ पौष २७, आईतबार
कांग्रेस विशेष महाधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजदेखी नेपाली कांग्रेसको विशेष महाधिवेशन शुरु हुँदैछ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा हुन लागेको महाधिवेशनमा पार्टीका नेता शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पनि निमन्त्रणा दिइएको छ ।

प्रमुख अतिथिको निमन्त्रणा पठाइएको भए पनि देउवाले भने अस्वीकार गरेका छन् । संस्थापन पक्षले विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको छ ।

उनीहरुले आजकै मितिमा जिल्ला सभापति र युवाको भेला बोलाएका छन् ।

आज विशेष महाधिवेशनको उद्घाटनपछि बन्द सत्र सुरु हुनेछ । कांग्रेस काठमाडौँ जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा उद्घाटन कार्यक्रम हुनेछन् । बन्द सत्रको सभापतित्व भने जेष्ठ सदस्यले गर्नेछन् ।

पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर पार्टी विधानको धारा १७(२) बमोजिम विशेषको माग गरेका हुन्। सोमबारसम्म चल्ने महाधिवेशनमा बाहिर जिल्लाका प्रतिनिधिहरु शनिबार नै काठमाडौं आइसकेका छन् ।

उद्घाटनअघि विभिन्न ठाउँबाट जुलुस पनि निकाल्ने सचिवालयले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

२३ घण्टा अघि

खेल सप्ताह सुरु

खोजी गर्नुहोस