
धादिङ । ज्वालामुखी गाउँपालिका–२, ठुलोचौरस्थित ठुलोचौर माध्यमिक विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ।
बालबालिकाको शैक्षिक प्रगति, बालमैत्री बिद्यालय, अनुशासन, नियमित विद्यालय उपस्थिती सुनिश्चित गर्नुका साथै अभिभावक–विद्यालयबीचको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले मंगलबार विद्यालयले को अभिभावक शिक्षा कार्यक्रम आयोजना गरेको हो ।
अभिभावक शिक्षाका विविध पक्षमा केन्द्रित रही शिक्षा तथा बालबालिका विषयका विज्ञ तथा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजीकरण गर्नुभएको कार्यक्रममा अभिभावकको भूमिका, घरमै सिकाइमैत्री वातावरण निर्माण, बालबालिकाको मनोसामाजिक तथा समग्र विकास, अनुशासन र विद्यालयसँग निरन्तर समन्वयको आवश्यकताबारे विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति पदाधिकारी, शिक्षकहरू तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सहभागी अभिभावकहरूले यस्ता कार्यक्रमले बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा सकारात्मक प्रभाव पार्ने भन्दै आगामी दिनमा पनि नियमित रूपमा सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।
विद्यालयका प्रधानाध्यापक श्याम श्रेष्ठले अभिभावक शिक्षा कार्यक्रमलाई निरन्तरता दिँदै शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गनुभएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष पासङ आले मगरको अध्यक्षतामा भएको कार्यक्रममा अभिभावकहरूको सक्रिय सहभागिता रहेको थियो।

