२०८२ माघ ४, आईतबार

पुस्ता हस्तान्तरणको छनक नदेखिए पछी नेकपा परित्याग गरे : डा.सीता ढुंगाना

  • धादिङ आवाज
  • २०८२ माघ ३, शनिबार
पुस्ता हस्तान्तरणको छनक नदेखिए पछी नेकपा परित्याग गरे : डा.सीता ढुंगाना

धादिङ । धादिङको गजुरी निवासी डा.सीता ढुंगानाले पुस्ताको हस्तान्तरणको छनक नदेखिए पछी आफुले नेपाली कम्युनिस्ट पार्टी परित्याग गरेको बताउनुभएको छ ।

नेकपा एकीकृत समाजवादी पार्टी र नेकपा माओवादीबीच एकतापछि बनेको नेपाली कम्युनिस्ट पार्टीको २ हजार ४९९ सदस्यीय केन्द्रीयको सपथ नलिएको र पार्टीको भूमिकामा नरहेको ढुंगानाले बताउनुभयो ।

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै ढुंगानाले भन्नुभयो, नेकपाको २४९९ केन्द्रीय सदस्यको सपथ ग्रहण नगरेको र सो भुमिकामा नरहने निर्णय पनि गरिसकेको मेरा सम्पूर्ण शुभ चिन्तक, आदरणिय, माननीय, सम्माननीयहरुमा जानकारी गराउँदछु।

उहाँले वर्षौंदेखिको एउटै नेतृत्व र एउटै प्रतिनिधिलाई बोकेर मतदाताको घरघरमा मत माग्न जान नसक्ने प्रतिक्रिया दिनुभयो ।अब पुराना नेतालाई भोट नमाग्न आम जनताले आफुलाई सुझाएको बताउनुभएको छ ।

बिगत ४०र४५ वर्षदेखिको एकतर्फि शासन धादिङमा अन्त्य नभएको र नेतृत्वबाट पुस्ताहस्तन्तरणको कुनै गुन्जायस नदेखिएकोले जनताले गरेको अनुरोधको आधारमा परिवर्तनको लागि नेकपा छोड्ने निर्णय गरेको उहाँको भनाई छ ।

धादिङको राजनितिमा दरिलो महिला नेतृको रुपमा परिचित ढुंगाना धादिङको गजुरी गाउँपालिकाकी पूर्व उपाध्यक्ष हुनुहुन्छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस