२०८२ माघ ४, आईतबार

गुम्दी सातदोबाटोमा लिः ल घले ल्होसार तथा बृहत लोक सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

  • धादिङ आवाज
  • २०८२ माघ ३, शनिबार
गुम्दी सातदोबाटोमा लिः ल घले ल्होसार तथा बृहत लोक सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

धादिङ । गंगाजमुना गाउँपालिका वडा नं ४ स्थित गुम्दी सातदोबाटोमा लिः ल घले ल्होसार तथा बृहत लोक सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

लिः ल फङ (घले समाज) मुल ल्होसार आयोजक कमिटि गंगाजमुना गाउँपालिकाले घले समुदायको मौलिक पहिचान, इतिहास र सांस्कृतिक सभ्यतालाई संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले “हाम्रो गौरव, हाम्रो शान–घ्यो ल्होसार हाम्रो पहिचान” भन्ने मूल मर्मका साथ ल्होसार कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा गायक सागर बिसी, गायिकचिजा तामाङ, सिता लामा, गायक सरोज सिंखडा, गायिका तथा मोडल नविना सिलवाल खुईली, गायक मठ्ठु गुरुङ र मोडल तथा डान्सर सुनिता वाईवाको प्रस्तुती रहेको थियो ।

कार्यक्रममा घले समुदायको परम्पराअनुसार विधिपूर्वक पूजाआजा, परम्परागत नृत्य, झाँकी, मारुनी, घले संस्कृति झल्किने गीत संगीत तथा विविध सांस्कृतिक प्रस्तुति भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि लिः ल फङ (घले समाज) केन्द्रीय महासचिव धनबहादुर घलेले ल्होसारलाई केवल पर्वको रूपमा नभई घले समुदायको ऐतिहासिक चेतना, सामूहिक स्वाभिमान र सांस्कृतिक अधिकारको अभिव्यक्तिका रूपमा स्थापित गर्ने बताउनुभयो ।

उहाँले उस्ता कार्यक्रम मार्फत घले समुदायको भाषा, भेषभूषा, संस्कार र ऐतिहासिक निरन्तरताको सन्देश राष्ट्रिय स्तरमा प्रवाह गर्ने हुने अपेक्षा गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘पछिल्लो समय साना आदिवासी समुदायका मौलिक संस्कृतिहरू ओझेलमा पर्दै गएको अवस्थामा घले समुदायको ल्होसारले सांस्कृतिक विविधताको महत्वलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउने विश्वास गरिएको छ ।’

कार्यक्रममा गंगाजमुना गाउँपालिका अध्यक्ष भक्त बहादुर लामाले ल्होसार हाम्रो सांस्कृतिक पहिचान भएको र यस्तो कार्यक्रमले मौलिक संस्कृति जोगाउन ठूलो भूमिका खेल्ने बताउनुभयो ।

त्यस्तै उपाध्यक्ष रामेश्वर सिम्खडाले युवालाई आफ्नो संस्कृतिप्रति गर्व गर्न सिकाउने कार्यक्रम निकै प्रेरणादायी रहेको बताउनुभयो।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस