२०८२ माघ ४, आईतबार

आजदेखि आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट शुरु हुँदै

  • धादिङ आवाज
  • २०८२ माघ ४, आईतबार
आजदेखि आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट शुरु हुँदै

काठमाण्डौ । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट आजदेखि शुरु हुँदैछ । कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने उद्घाटन खेलमा नेपालले आज थाइल्यान्डसँग खैल्दैछ । खेल नेपाली समयअनुसार बिहान ९ बजे शुरु हुनेछ ।

यस्तै आजै अरू २ खेल पनि हुँदैछन् । दुवै खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । आयरल्यान्ड र पपुवा न्यू गिनीको खेल बिहान ९ बजे शुरु हुनेछ भने बङ्गलादेश र अमेरिकाको खेल दिउँसो १ बजे शुरु हुनेछ । प्रतियोगिताका खेलहरू त्रिवि मैदान र माथिल्लो मूलपानी मैदानमा हुनेछन् ।

समूह चरणमा नेपालका चार वटै खेल त्रिवि मैदानमा हुनेछन् । तालिकाअनुसार नेपालले दोस्रो खेलमा माघ ८ गते नेदरल्यान्ड्ससँग, तेस्रो खेलमा माघ १० गते जिम्बावेसँग र चौथो खेलमा माघ १२ गते स्कटल्यान्डसँग खेल्नेछ ।

१० वटा टोली सहभागी प्रतियोगिता माघ १८ गतेसम्म चल्नेछ । प्रतियोगितामा दुवै समूहबाट शीर्ष तीनमा पर्ने टोलीहरू ‘सुपर–सिक्स’ मा पुग्नेछन् । ‘सुपर–सिक्स’ बाट शीर्ष चार वटा टोली आउँदो वर्ष इङ्ग्ल्यान्ड र वेल्समा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन् ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस