२०८२ माघ ५, सोमबार

आज देखि वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता शुरु हुँदै

  • धादिङ आवाज
  • २०८२ माघ ५, सोमबार
आज देखि वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता शुरु हुँदै

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका-३, सलाङ इटपानीमा आज देखि वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता शुरु हुँदै छ।

माघे सङ्क्रान्ति, ल्होसार तथा श्रीपञ्चमीको पावन अवसरमा मनकामना समाज सुधार युवा क्लब, सिद्धलेक-३ इटपानीद्धारा आयोजित प्रतियोगिताको तयारी सकिएको भलिबल खेल कार्यक्रम संयोजक सोम श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितामा सहभागी हुन चाहने टिमको लागि बिहान १० बजेसम्म टिम दर्ता गर्ने समय थपिएको श्रेष्ठले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमलाई ३० हजार र तृतीय हुने टिमलाई २० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर र उत्कृष्ट सर्भर, डिफेन्डर र कोचलाई विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

सिद्धबाबा आमा समुहको सह आयोजनामा इटपानीस्थित खेल मैदानमा हुने प्रतियोगितामा खेलाडीहरू एकै वडाको हुनपर्ने साथै परिचय खुल्ने कागजात हुनुपर्ने, जर्सीसहित खेलाडी संख्या ९ जना हुनुपर्ने जनाईएको छ ।

टाढाबाट आउने खेलाडीहरुलाई खान र बस्नको व्यवस्था रहेको आयोजकले जनाएको छ।

प्रतियोगिता सम्बन्धी थप जानकारीका लागि ९७०४८३७०७२, ९८०८४०८४८५ र ९८४१०६१७९४ नम्बरमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।

सिद्धलेक गाउँपालिकाको प्रायोजन तथा सिद्धलेक गाउँपालिका वडा नं ३ र जिल्ला भलिबल संघ धादिङको सहयोगमा हुने कार्यक्रममा सहभागी हुन आयोजकले आग्रह गरेको छ ।

प्रतियोगिता ८ गते सम्म सञ्चालन हुनेछ ।

सम्पूर्ण खेल बागमती कलमबाट प्रत्यक्ष प्रशारण हुनेछ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

३ घण्टा अघि

आज सोनम ल्होसार

खोजी गर्नुहोस