
धादिङ । धादिङको सिद्धलेक गाउँपालिका-३, सलाङ इटपानीमा वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ। मनकामना समाज सुधार युवा क्लब, सिद्धलेक-३ इटपानीद्धारा आयोजित प्रतियोगितामा ११ टिम सहभागी भएका छन् ।
सहभागी टिमहरुमा सिद्धलेक-२, सिद्धलेक-३ ए, सिद्धलेक-३ बि, सिद्धलेक-३ (जोसिलो), सिद्धलेक-४ (वनकाली), सिद्धलेक-४ (वातावरण), ज्वालामुखी-३, गल्छी-१, गल्छी-३, गल्छी-४ र नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नं १ रहेको छ ।
सहभागी टिमलाई चार समुहमा विभाजन गरिएको छ ।
जसअन्तरगत समुह ए मा सिद्धलेक-३ बि, सिद्धलेक-३ (जोसिलो) र ज्वालामुखी-३ रहेको छ ।
यस्तै समुह बि मा गल्छी-३, सिद्धलेक-४(वातावरण) र गल्छी-१ रहेको छ ।
समुह सि मा सिद्धलेक-४ (वनकाली), सिद्धलेक-२ र गल्छी-४ रहेको छ ।
यसैगरी समुह डि मा सिद्धलेक-३ ए र नुवाकोटको पञ्चकन्या-१ रहेको खेल कार्यक्रम संयोजक सोम श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगिताको वडा नं ३ का वडाध्यक्ष देव बहादुर पुलामीले उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा वडाध्यक्ष पुलामीले वडाको सामाजिक, सांस्कृतिक र खेलकुद विकासका लागि सधैं सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
यस्तै जिल्ला भलिबल संघका अध्यक्ष अमृत गुरुङले युवा पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्न यस्ता प्रतियोगिताले महत्वपुर्ण भूमिका खेल्ने भन्दै स्थानीय तहमा यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा ठूलो भूमिका खेल्ने बताउनुभयो ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमलाई ३० हजार र तृतीय हुने टिमलाई २० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर र उत्कृष्ट सर्भर, डिफेन्डर र कोचलाई विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
माघे सङ्क्रान्ति, ल्होसार तथा श्रीपञ्चमीको अवसर पारेर सिद्धबाबा आमा समुहको सह आयोजना तथा गाउँपालिकाको प्रायोजनमा भएको कार्यक्रममा वडा नं ३ र जिल्ला भलिबल संघ धादिङको सहयोग रहेको छ ।
पहिलो दिनको खेल अपडेट
१. सिद्धलेक-३ (जोसिलो) VS सिद्धलेक-३ बि (सिद्धलेक-३ बि बिजयी)
२.सिद्धलेक-४(वातावरण) VS गल्छी-४ (सिद्धलेक-४ वातावरण बिजयी)
३.सिद्धलेक-४ बनकाली VS सिद्धलेक-२ (सिद्धलेक-२ बिजयी)
४.सिद्धलेक-३ बि VS ज्वालामुखी-३ (ज्वालामुखी-३ बिजयी)
