२०८२ माघ १२, सोमबार

वायु प्रदूषण बढ्याे

  • धादिङ आवाज
  • २०८२ माघ १०, शनिबार
वायु प्रदूषण बढ्याे

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा वायु प्रदूषण बढेको छ ।

काठमाण्डौको वायुको गुणस्तर मापन सूचक एक्यूआई २ सय नाघेको काठमाण्डौको अमेरिकी दूतावासको प्रदूषण मापन केन्द्रको तथ्याङ्कलाई आधार मानेर स्वीस वायु प्रदूषण मापन एप आईक्यु एअरले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

यस्तै वातावरण विभागको प्रदूषण मापन प्रणालीअनुसार दिउँसो भक्तपुर, रत्नपार्क, खुमलटार, भैँसेपाटीलगायतका ठाउँमा रहेका मापन केन्द्रहरूले एक्यूआई १ सय ५० भन्दा माथि देखाएका छन् ।

एक्यूआई १ सय ५० भन्दा माथि पुग्नुलाई सबै समूहका मानिसका लागि अस्वस्थ हावा रहेको मानिन्छ । सामान्यतया पश्चिम वायुको प्रभाव बढेपछि प्रदूषण कम हुन्छ । तर पश्चिम नेपालमा वर्षा र हिमपात भइरहेका बेला काठमाण्डौ उपत्यकामा भने वायु प्रदूषण बढेको हो ।

पश्चिम वायुले बादलभन्दा अघि प्रदूषण ल्याएका कारण वायु प्रदूषण बढेको जलवायु विज्ञले बताएका छन् ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस