२०८२ माघ १२, सोमबार

कृषकलाई पुरस्कृत गरिने

  • धादिङ आवाज
  • २०८२ माघ १०, शनिबार
कृषकलाई पुरस्कृत गरिने

धादिङ । नीलकण्ठ नगरपालिका–३, धादिङबेसीस्थित खुल्लामञ्चमा यही माघ १५ गतेदेखि २५ गतेसम्म दशौँ धादिङ महोत्सव-२०८२ सञ्चालन हुँदै छ ।

धादिङ उद्योग वाणिज्य संघको आयोजनामा “धादिङको दीगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन, जलस्रोत तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ सुरु हुने महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले माघ १५ गते बिहान ११ बजे औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष रामकुमार डल्लाकोटीले जानकारी दिनुभयो ।

महोत्सवमा धादिङ जिल्लामा उत्पादन भएको कृषि उत्पादन बालीहरु मध्ये उत्कृष्ट भएका बाली तथा उत्पादन गर्ने कृषकलाई पुरस्कृत गरिने भएको छ ।

महोत्सवको अवसरमा कृषि विकास कार्यालयले कृषि उत्पादन सम्बन्धी प्रतियोगिता संचालन गरि कृषि प्रदर्शनी गर्ने भएको हो ।

सोही अवसरमा कृषि बालीमा राम्रो उत्पादन तथा उत्कृष्ट बालीलाई पुरस्कार समेत दिइने जनाइएको छ । महोत्सवमा कृषिजन्य बस्तु तथा सामाग्रीहरुको छुट्टै प्रदर्शनी समेत गरिने भएको छ ।

धादिङ जिल्ला भित्रका कृषकहरुलाई महोत्सवमा आफ्ने उत्पादन ल्याउनका लागि महोत्सव आयोजक समितिले आब्हान समेत गरेको छ ।

यस महोत्सवले जिल्लाको कृषि उत्पादन, स्थानीय उद्योग, पर्यटन सम्भावना तथा जलस्रोतको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

साथै स्थानीय उद्यमीहरूका उत्पादनलाई बजारसँग जोड्ने, रोजगारी सिर्जना गर्ने र आर्थिक गतिविधि बढाउने उद्देश्य पनि महोत्सवको मुख्य लक्ष्य रहेको छ।

महोत्सव सफल बनाउन सबै सरोकारवाला निकाय, व्यवसायी, किसान, युवाहरू तथा आम नागरिकलाई सक्रिय सहभागिताका लागि संघका अध्यक्ष डल्लाकोटीले अनुरोध गर्नुभएको छ ।

महोत्सव अवधिभर विविध सांस्कृतिक कार्यक्रम, औद्योगिक तथा कृषि प्रदर्शनी, व्यापारिक स्टल, स्थानीय परिकार तथा मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरिने आयोजकले जनाएको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस