२०८२ माघ १२, सोमबार

चुनाव प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न आग्रह

  • धादिङ आवाज
  • २०८२ माघ १०, शनिबार
चुनाव प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न आग्रह

काठमाण्डौ । चुनाव प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न निर्वाचन आयोगले आग्रह गरेको छ । आयोगले आज सामाजिक सञ्जालमार्फत सूचना निकाल्दै आमसभा, जुलुस र प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको हो ।

यसअघि आजै जेनजी फ्रन्टले विज्ञप्ति निकालेर फागुन २१ गते हुने चुनावमा बालबालिकाहरूको प्रयोग भइरहेको विषयप्रति आपत्ति जनाएको थियो ।

जेनजी फ्रन्टले फागुन २१ गते हुने चुनावका लागि बालबालिकाहरूको प्रयोग भएको भन्दै त्यसप्रति फ्रन्टको गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।

निर्वाचन आचारसंहिताले राजनीतिक गतिविधि र चुनावी प्रचार सामग्रीमा बालबालिकाको अनुहार, नाम वा सहभागिताको प्रयोगलाई स्पष्ट रूपमा निषेध गरेको छ ।

नेपालमा विगतका चुनावमा दलहरूले बालबालिकालाई र्‍याली, जुलुसमा नाचगान गराउने, नारा लगाउने र पोस्टर बोक्ने काममा प्रयोग गर्दै आएका छन्। अहिले सामाजिक सञ्जालमार्फत बालबालिकालाई उम्मेदवारको पक्षमा चर्चा गर्न लगाएका थुप्रै उदाहरण भेटिन्छन् ।

अन्तर्राष्ट्रियस्तरमा चुनावी प्रचारमा बालबालिकाको प्रयोगलाई बालअधिकारको उल्लङ्घन मानिन्छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस