२०८२ माघ १४, बुधबार

देशका धेरैजसो ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • धादिङ आवाज
  • २०८२ माघ १३, मंगलबार
देशका धेरैजसो ठाउँमा वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावल् आज देशका पश्चिम क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी तथा लुम्बिनी प्रदेशसम्म फैलिने छ ।

यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार गएरातिदेखि सुदूरपश्चिम क्षेत्रबाट न्यून चापीय प्रणाली सक्रिय भएको र यसको प्रभाव आज बेलुकापछि पूर्वतर्फ सर्नेछ ।

भोलि काठमाण्डौ उपत्यकासहित मधेश र कोशीमा पनि हल्का वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। तराई भागमा भने सामान्य मात्रै प्रभाव रहने मौसमविद् अधिकारीले बताउनुभयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस