काठमाडौं । सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा आगलागि भएको छ ।
खानेपानी तथा सरसफाइ मन्त्रालयको चौथो तलामा रहेका तीनवटा कोठामा शनिबार बिहान पौने ८ बजेतिर आगो लागेको सिंहदरबार प्रहरीले जनाएको छ ।
आगलागी वारुण यन्त्रको सहायताले आगो नियन्त्रणमा आएको सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले जानकारी दिनुभयो।
आगलागीको कारण खुलेको छैन। यो तलामा खानेपानी तथा सरसफाइमन्त्रीको कार्यकक्ष समेत छ।