२०८१ चैत्र ५, बुधबार

दिनभर विद्युत अवरुद्ध हुने

  • धादिङ आवाज
  • २०८१ माघ २६, शनिबार
दिनभर विद्युत अवरुद्ध हुने

धादिङ । धादिङमा आज दिनभर विद्युत अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले शुक्रबार एक सूचना जारी गर्दै देविघाट सवस्टेशन देखि रातमाटे सवस्टेशन हुदै धादिङवेशी–जरे– सल्यानटार आएको ३३ के. भि. प्रसारण लाईनको दायाँ बायाँ नजिक रहेका रुखको हागाँहरु काट्ने तथा लाईन मर्मत सुधार कार्य गर्नुपर्ने भएकोले आज बिहान ११ बजेदेखी साँझ ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।

धादिङ सवस्टेशन, सल्यानटार सवस्टेशन र जरे सवस्टेशन बाट सञ्चालन हुने सम्पुर्ण एरियाहरु (निलकण्ठ नगरपालिका, सिद्धलेक गाउपालिका, ज्वालामुखी गाउपालिका, त्रिपुरासुन्दरी गाउपालिका, वेनीघाट रोराङ गाउपालिका, गजुरी गाउपालिका, गल्छि गाउपालिका, गंगाजमुना गाउपालिका केहि स्थान र गोरखा जिल्लाको आरुघाट फिडर अन्तर्गका स्थानहरु) मा विद्युत सेवा अवरुद्ध हुने सूचनामा भनिएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस