२०८२ अषाढ २, सोमबार

प्रतिफल देखिने गरि काम गर्न कृषिमन्त्री अधिकारीको निर्देशन

  • धादिङ आवाज
  • २०८१ फागुन १, बिहिबार
प्रतिफल देखिने गरि काम गर्न कृषिमन्त्री अधिकारीको निर्देशन

काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले प्रतिफल देखिने गरि काम गर्न निर्देशन दिनुभएको छ।

बिहिबार मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा कृषिमा भएको लगानीको प्रतिफल आउनु पर्ने भन्दै लगानीको प्रतिफल विना उपलब्धी नदेखिने भएकाले यसलाई आधार मानेर कार्य गर्न सम्वन्धीत निकायलाई निर्देशन दिनुभयो।

उहाँले भन्नुभयो,‘हामी सँग विज्ञहरुको खाँचो छैन,लामो समय कृषि क्षेत्रमा कार्य गरेका दक्ष जनशक्ति मन्त्रालय सँग छ,तथापी नतिजा आउन सकिरहेको छैन, चार्टले प्रगति देखाउन सकिरहेको छैन।’कृषि कर्ममा लागेका हरुलाई हामीले के दियौं यहि सोचेर कार्य गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।

मन्त्री अधिकारीले कानुनी अबरोध हटाउदै नतिजामुखी कार्य गर्न आफुले सहजीकरण गर्ने भन्दै अझै बढि क्रियाशिलताले मात्र कृषि क्षेत्रमा लिएका लक्ष्य पुरा हुने भएकाले यसतर्फ लाग्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

२० घण्टा अघि

दुई जना मृत भेटिए

खोजी गर्नुहोस