बारा । जीतपुर सिमरा उपमहानगरपालिका-२१ बाट अवैध लागूऔषध अफिम र गाँजासहित दुई जना पक्राउ परेका छन्।
४ किलोग्राम अफिम,७ किलो २ सय ग्राम गाँजा, नगद २० हजार रूपैयाँ र मोबाइल १ थान सहित धादिङको गजुरी गाउँपालिका-३ नाङगी टोल बस्ने २९ वर्षीय सुन बहादुर थिङग र निजगढ नगरपालिका-१३ डमरपुर बस्ने २२ वर्षीय संजय मोक्तान लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको प्र-३-०२-००७ प ८२३९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको प्रहरीले जनाएको छ।