२०८१ चैत्र ५, बुधबार

डिपेन्डेन्ट भिसामा लैजाने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ

  • धादिङ आवाज
  • २०८१ फागुन २, शुक्रबार
डिपेन्डेन्ट भिसामा लैजाने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ

काठमाडौं । डिपेन्डेन्ट भिसामा यूके लैजाने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा काभ्रेका १९ वर्षीय मनिष भुजेल र २१ वर्षीय निशान पहारी रहेको कास्की प्रहरीले जनाएको छ।

फेसबुकमा नेहा गुरुङ नाम गरेको नक्कली आईडी बनाएर उनीहरूले विभिन्न युवकहरूसँग कुरा गर्दैै डिपेन्डेन्ट भिसामा यूके लाने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ।

उनीहरूले ६ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोप छ।

पक्राउ परेका दुवै जनालाई आपराधिक विश्वासघातको कसुरमा कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस